चीनले सामानमा कस्दा नेपाली बजार महँगियो

चीनले सामानमा कस्दा नेपाली बजार महँगियो

बजारमा दशैंको रौनक छाएको छ । न्यूरोड,असन,भोटाहिटी,कालोपुल, लगनखेल,जावलाखेलतिर खरिददारी गर्न आउनेहरुको भीड छ । तर व्यापार भने नफस्टाएको व्यापारीहरुले बताएका छन् । व्यापारीहरुका अनुसार व्यापार नफस्टाएपनि सामानको मूल्य भने ह्वात्तै बढेको छ ।

व्यापारीहरुले लत्ताकपडामा मात्र नभई जुत्ता,व्याग तथा अन्य वस्तुहरुको पनि मुल्य बृध्दि भएको बताए । दशैंतिहारलाई लक्षित गरेर मगाइएको लत्ताकपडा लामो समयदेखि नेपाल चीन भन्सार नाकामा अड्किएको कारण बजार महँगिएको व्यापारीको भनाइ छ ।

त्यसैले,न्यूरोड, असनका व्यापारीहरु स्टकमा रहेको सामान बेच्न बाध्य छन् । नेपाली बजारमा आयातित रेडिमेड लत्ताकपडा, जुत्ता, व्याग अधिकांश हिस्सा चिनले आगटेको छ ।

एक वर्षदेखि चीनले नेपालसंगको व्यापारमा आनाकानी गरिरहेको व्यापारीहरु बताउँछन् । जसको सीधा असर नेपाली बजारलाई परेको देखिन्छ । कोभिड अघि करिब ८० कन्टेनरसम्म सामान भित्राउदाँ नधानेको नेपाली बजारमा अहिले केही सिमित कन्टेनर मात्र भित्रिरहेको छ ।

यसबाट व्यापारी मात्रै नभई उपभोक्तासमेत मर्कामा परेका छन् । पोहोर दुई हजारमा बिक्री गरेको कपडा यो वर्ष दुई हजार पाँच सयमा बिक्री गर्नुपरेको भोटाहिटीका एकजना व्यापारीले भने । लत्ताकपडा खरिद गर्न आउने सर्वसाधारणले भने सामानको अचाक्ली भाउ बढेको गुनासो गरेको छन् ।

टिप्पणीहरू