अन्ततः दुईतिरैबाट बिधेयक फिर्ता

अन्ततः दुईतिरैबाट बिधेयक फिर्ता

 सरकारले निजामती सेवा विधेयक फिर्ता लिने भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बिधेयक फिर्तालाई कार्यसूचीमा राखिएको छ ।

आजको संसद बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘संघीय निजामती सेवा विधेयक २०७५’ फिर्ता लिने प्रस्ताव पेश गर्ने बैठकको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।त्यस्तै, बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट उत्पत्ति भै प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक २०७६’ फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार अवरोध गरिरहेको संसद अधिवेशनको ११ औँ बैठक आज बस्दैछ।

टिप्पणीहरू