भालुलाई बाटो नछोड्ने युवती जेल चलान

भालुलाई बाटो नछोड्ने युवती जेल चलान

अमेरिकाको एक राष्ट्रिय निकुञ्जमा भालुलाई बाटो नछोड्ने एक युवतीलाई ४ दिनको लागि जेल पठाइएको छ । इलिनोइस राज्यको एल्लो स्टोन राष्ट्रिय निकुञ्जमा ग्रिजली भालु र ३ सावकलाई बाटो नछोड्ने क्यारोल स्ट्रिमकी २५ वर्षीय सामन्था डेहरिंगंलाई जेल पठाइएको हो ।

यस्तै उनलाई निकुञ्ज जानबाट १ बर्षसम्म प्रतिबन्ध पनि लगाइएको छ । गत मे १० मा राष्ट्रिय निकुञ्ज रोरिंग माउन्टेनको भ्रमण गर्दै गर्दा डेहरिंगं सहित त्यहाँ भ्रमण गर्न गएका अन्यले भालु र सावकलाई देखेका थिए ।

पार्कमा १०० यार्ड ( ९१ मीटर ) भन्दा वन्यजन्तुको नजिक बस्न र फोटो खिच्न नपाइने भएका कारण सबै भालु भन्दा टाढा गएका थिए । तर नियमको उल्लंघन गर्दै उनले भने भालुको नजिक गएर फोटो खिचेको बताइएको छ ।यस्तै उनलाई १ बर्षको प्रवेश निषेभ सजाय सुनाईएको छ भने र १ हजार डलर ( १ लाख १९ हजार ६ सय २८ नेपाली रुपैयाँ ) जरिवाना र एल्लो स्टोनको वन्यजीव संरक्षण कोषका लागि १ हजार डलर सामुदायिक सेवा भुक्तानी गर्न आदेश दिइएको छ ।

टिप्पणीहरू