नेपालगन्जदेखि हिंडेर न्याय खोज्दै माइतीघर

नेपालगन्जदेखि हिंडेर न्याय खोज्दै माइतीघर

धोबी र कुर्मीका हत्यारालाई पक्रेर कारवाहीको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको पहलमा नेपालगञ्जबाट पैदल निस्केको टोली काठमाण्डौं आइपुगेको छ । नन्कुनी धोबी र निर्मला कुर्मीका हत्याराहरुलाई सजायको माग गर्दै दबाब दिन टोली काठमाण्डौं पसेको हो ।

टोलीले आज माइतीघर मण्डलास्थित विस्तारित सडकमा धर्ना बसेर सरकारलाई दबाब दिएको छ । दबाबका कार्यक्रम अन्तर्गत टोलीले करिब पौने १२ बजेको समयमा दुई बुँदे मागसहित विरोध प्रदर्शन गरेको हो । “जबसम्म हुन्न अपराधीलाई सजाय तबसम्म पाउँदैनन् हजारौं नन्कुन्नी धोबी र निर्मला कुर्मीले न्याय भन्ने नाराका साथ महिलाको हत्या,अपहरण,शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार,मौन बस्ने सरकार खबरदार भन्ने उनीहरूको नारा छ ।

उक्त यात्रा टोलीको नेतृत्व पूर्व राष्ट्रिय महिला मञ्चका महासचिव तथा जिल्ला महिला अधिकार मञ्चकी प्रमुख रूबी खानले गरेकी छन् । यात्रामा राष्ट्रिय महिला अधिकार मञ्चका केन्द्रीय सदस्य सकिना तेलीसहित १७ जनाको टोली रहेको छ जसमा १३ जना महिला र ४ जना पुरुष छन् ।टोलीले जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेलाई पनि विभागीय कार्यबाही गरियोस् भन्ने माग राखेको छ ।

टिप्पणीहरू