ब्यारेकभित्र मुहान पर्दा सेनाले रोक्यो पानी

ब्यारेकभित्र मुहान पर्दा सेनाले रोक्यो पानी

भक्तपुरको ठिमीस्थित गठ्ठाघर ब्यारेकभित्र पानीको मुहान पर्दा स्थानीयहरु पानीबाट बञ्चित भएका छन् । नेपाली सेनाले मुहानबाट आउने पानी रोकिदिएपछि त्यहाँका जनता प्रभावित बनेका हुन् ।

पटक– पटक अनुरोध गर्दासमेत सेनाले कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ । सेनाले पानी चाहिएमा सम्झौता गर्नुपर्ने भन्ने तर उक्त बिषयमा ध्यानाकर्षण भने नगर्ने गरेको बताइएको हो ।

वि.स. २०७७ मंसिर २ गते मध्यपुर थिमि नगरपालिकाले मुहान उत्खनन सम्बन्धमा सेनालाई पत्राचार गरेपनि हालसम्म उक्त समस्या हल नभएको बताइएको हो ।

प्राकृतिक पानी आउने मुहानबाट हाल पनि पानी बग्ने प्रचुर सम्भावना रहेको बिज्ञहरुले जानकारी बताउँदै आएको तर, यसमा लगानी हुन नसकेको आरोपसमेत लगाइएको छ ।

टिप्पणीहरू