​मन्त्रीलाई रोकेर पारिबाट मोबाइलमा….

सरकार बन्नासाथ भारत, चीन, अमेरिकाजस्ता देशले बधाई दियो–दिएन वा कसले पहिला दियो भन्ने कुराले नेपाली राजनीतिमा अर्थ राख्दै आएको छ । तर, सरकार बन्ने मितिको अझै टुंगो छैन, भारतीय प्रधानमन्त्री मोदीले निम्तोका लागि फोन गर्न भने दोस्रोचोटी भ्याइसके । 
बालकोटलाई लैनचौरस्थित दूतावासले सोमबार नेपाली समयअनुसार ४ः३० बजे ‘अलर्ट’ रहन सूचना पठायो । हिजो–आजको बालकोट न प¥यो, बैठक र छलफल, नभए पनि बधाइ दिनेको ताँती चल्ने ठाउँ ! एमाले अध्यक्ष केपी ओली यस्तो सूचना आउँदा बैठक कक्षमै थिए ।

स्वकीय सचिव राजेश बज्राचार्यलाई दूतावासले त्यो समय भारतीय प्रधानमन्त्रीको फोन आउने सूचनामात्र दिएन, निर्धारित समय बाँकी हुन लाग्दा अब यति मीनेट बाँकी छ भनेर काउन्ट–डाउन नै गर्न थाल्यो । ‘अब दुई मीनेट बाँकी छ’ भन्दै फोन आयो । राजेशले बैठक कक्षभित्रै छिरेर त्यो फोनमा जोडे । फोन लिनासाथ ओलीचाहिँ छेउको कोठामा छिरे । फर्किएपछि सहभागीलाई सुनाए, ‘कल कड्सी रहेछ !’ ओलीले मोदीलाई उद्धृत गर्दै भने, ‘मैले विदेशमन्त्री सुष्मा स्वराजलाई पठाउन लागेको थिएँ । त्यसबीचमा तपाईं पनि बिरामी भएर बैंकक जाने कुरा आयो । त्यसपछि पठाइनँ । सरकार बन्नेबित्तिकै तपाईंलाई दिल्लीमा स्वागत छ ।’ यसो भन्दै केपीले आफूले भनेको कुरा बताए, ‘होइन–होइन, यसपालि तपाईं पहिला काठमाडौं आउनुस् !’ केपीसँगको यो संवादले भन्छ, पछिल्लो समय नेपालसँग हरेक मामिलामा चीनको बढ्दो सघनताप्रति बढी चिन्ता र नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित भएलगत्तै आफ्नो देशमा आउने कुरासँग गहिरो चासो छ ।

बैठक चल्दाचल्दै पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले भन्न भ्याइहाले । उनी दक्षिण अफ्रिकाको भ्रमणबाट फर्किने क्रममा बैठक छ भनेपछि एयरपोर्टबाट घर नगई सोझै त्यहाँ पुगेका थिए । ओलीले भने, ‘तपाईं त पर्यटन मन्त्री बनाउनुपर्ने मान्छे ! अब विश्वमा घुम्न बाँकी देश कति छ रे ?’ बैठकमा हाँसो चल्यो । माधवले भने, ‘कहाँ हुनु ? जम्मै देश कहाँ घुमेको छु र ?’ ‘पर्यटनमन्त्री’ भन्ने शब्दलाई उनैले संशोधन गराए, ‘बरु परराष्ट्र भन्नुस् न !’

टिप्पणीहरू