नेकपा एसका दुई राजेन्द्र मुख्यमन्त्री बन्ने बाटोमा

नेकपा एसका दुई राजेन्द्र मुख्यमन्त्री बन्ने बाटोमा

सत्तारुढ गठबन्धनले बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । क्याबिनेट विस्तारबारे छलफल गर्न बालुवाटारमा बसेको गठवन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो।

बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने बैठकमा सहमति भएको जानकारी दिनुभयो ।

बागमतीमा कांग्रेसले समेत मुख्यमन्त्री दावी गरिरहेको चर्चाका बीच मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको समाजवादीलाई मनाउन यस्तो सहमति गरिएको बुझिएको छ ।

समाजवादीबाट दुई राजेन्द्र मुख्यमन्त्रीको दावेदार हुनुहुन्छ । बाग्मतीमा पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ ।

टिप्पणीहरू