कोरोनाबाट थप ८ जनाको ज्यान गयो

कोरोनाबाट थप ८ जनाको ज्यान गयो

आज मुलुकभर ८ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ६४ पीसीआर परीक्षणमा ६ सय ६७ जना र ३ हजार ४ सय ८ एन्टिजेन परीक्षणमा १ सय ३८ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ८ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । यसबीचमा ९ सय ११ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १५ हजार ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ७ सय २८ जना होम र १ हजार २ सय १४ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय २९ जनाको आइसीयु र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ४२ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू