कोरोनाका कारण बन्द सिनेमा घरहरु खुल्न थाले,अङ्ग्रेजी मुभी मात्र देखाइने

कोरोनाका कारण बन्द सिनेमा घरहरु खुल्न थाले,अङ्ग्रेजी मुभी मात्र देखाइने

घटस्थापना अर्थात आजदेखि देशभरका सबै सिनेमा घरहरु सञ्चालनमा आएका छन् । कोरोना माहामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा घरहरु चल्न थालेका हुन् ।

तर सिनेमा घर खुले पनि दर्शकहरु सिनेमा हेर्न नआउने डरले ठूलो लगानीमा बनेका नेपाली चलचित्रहरु यो साता रिलिज नहुने भएका छन् । त्यसैले आज देशभरका सबै सिनेमा घरमा अंग्रेजी चलचित्रहरु मात्र देखाइएका छन् ।

कोरोनाको जोखिम कम भएसंगै सबै ठाउँमा चहलपहल बढेपछि चलचित्र बिकास बोर्डले सिनेमा घरहरु खोल्ने निर्णय गरेको छ ।

टिप्पणीहरू