पार्टीमा लाग्ने शिक्षक,कर्मचारीलाई अब के हुन्छ ?

पार्टीमा लाग्ने शिक्षक,कर्मचारीलाई अब के हुन्छ ?

उच्च अदालत पाटनले नेपाली काँग्रेसको चौधौं महाधिवेशनका लागि निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुलाई अर्को आदेश जारी नभएसम्म तत्काल राजनीतिक कार्यमा सँलग्न नगराउन आदेश दिएसँगै गुल्मीका ३ सय भन्दा बढि अप्ठ्यारोमा परेका छन् । नेपाली काँग्रेसको क्षेत्रिय अधिवेशनका लागि गुल्मीमा ३ सयभन्दा बढि शिक्षक, कर्मचारी निर्वाचित भएका थिए ।

जिल्लामा उक्त पार्टीको तर्फबाट २ जना शिक्षक वडा सभापति निर्वाचित भएका छन् । हालै सम्पन्न वडा अधिवेशनले म्यालपोखरी माविका शिक्षक प्रेम सेनलाई मदाने गाँउपालिका वडा नम्बर ५ को सभापति निर्वाचित गरेको हो । यस्तै सोहि गाँउपालिका वडा नम्बर ६ मा पनि स्थानीय दिपक माविका शिक्षक वीरेन्द्र खनाललाई सभापति छानिएका छन् ।

धुर्कोट गाँउपालिकामा पनि एकजना शिक्षक सचिव निर्वाचित भएका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर छ स्थित इन्दिरा माविका शिक्षक तीर्थ घिमिरे उक्त गाउँपालिकाको पार्टी सचिव छानिएका हुन् ।

यसवाहेक जिल्लाका चर्चित प्रेम भण्डारी,लालबहादुर कुँवरलगायत ३ सय शिक्षक,कर्मचारी क्षेत्रिय प्रतिनिधि निर्वाचित भएका छन् । पछिल्लो अन्तरकालीन आदेशसँगै शिक्षक,कर्मचारीहरुलाई पार्टीमा सक्रिय बन्न असहज बनेको शिक्षक नेता प्रेम भण्डारीले बताए ।

भण्डारीका अनुसार पार्टीका कार्यकारी कमिटीहरुमा नेता बन्नु त कानुनको बर्खिलाप नै हो । “कानुनले प्रष्ट रुपमा नगर्न भनेका काम गर्नु हुँदैन”,भण्डारीले भने , तर महाधिवेशन प्रतिनिधिको हकमा भने कानुन र नियमावलीले खासै बन्देज लगाएको छैन ।

टिप्पणीहरू