दुई अखिल नेत्रीले नजिकैबाट देख्दा

दुई अखिल नेत्रीले नजिकैबाट देख्दा

नेकपा (एमाले) निकट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीतिमा परिवर्तनको खाँचो औंल्याएकी छन् । विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै उनले नयाँ शैक्षिक नीतिको आवश्यकतामाथि जोड दिएकी हुन् ।

विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी शिक्षा नीति बनाउनुपर्ने बरालको भनाइ छ । स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।

विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने उनको धारणा छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रित हुनुपरेको उल्लेख गरेकी छन् ।

तर, आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा कन्द्रित हुने उनको प्रतिवद्द्ता छ ।

टिप्पणीहरू