पाकिस्तानमा गयो भूकम्प,घाइतेको बाटोमै उपचार

पाकिस्तानमा गयो भूकम्प,घाइतेको बाटोमै उपचार

पाकिस्तानमा आज बिहानै भूकम्प जाँदा २० जनाको निधन भएको छ भने घाइतेको बाटोमै उपचार गरिएको छ । दक्षिणी बलुचिस्तान प्रान्तमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा २० जनाको निधन तथा २ सय जना घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार घाइतेहरुलाई अस्पताल लगिएको र केहीलाई बाटोमै फोनको टर्च बत्ती बालेर स्ट्रेचरमा उपचार गरिएको हो । उद्धारकर्मीहरुका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण युएसजीएसले भूकम्प पूर्वी क्वेटालाई केन्द्रबिन्दू बनाएर गएको बताएको छ। भूकम्पबाट १ सय भन्दा बढी माटोका घरहरु तथा सरकारी भवन क्षतिग्रस्त भएका छन् ।

टिप्पणीहरू