भानुभक्त किन एमालेमा बस्न मान्नुभएन ?

भानुभक्त किन एमालेमा बस्न मान्नुभएन ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले पतन हुन लागेको उहाँको ठहर छ ।

आज काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमालेका नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको पनि आरोप लगाउनुभयो । एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोज्नुपरेको उहाँले बताउनुभयो ।

एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको अध्यक्ष नेपालको दाबी छ । भन्नुभयो, ‘ केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ ।’कार्यक्रममा एमालेबाट समाजवादीमा प्रवेश गर्नुभएका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन-१२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो । उहाँले पार्टीमा आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो ।

ह्नेता जोशी एमालेको तत्कालीन माधव नेपाल समूहमा रहेर पछिल्लो समय ‘तेस्रो धार’का रुपमा ओलीतिर लाग्नुभएको थियो । उहाँले १० बुँदे कार्यान्वयनलाई लिएर एमालेको बैठकमै असन्तुष्टि जनाउनुभएको थियो।

टिप्पणीहरू