मजदुरको कार्यक्रममा एमाले अध्यक्ष ओली पुग्न ढिलाइ

मजदुरको कार्यक्रममा एमाले अध्यक्ष ओली पुग्न ढिलाइ

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुलाई सम्बोधन गर्न नेपाल ट्रेड युनियन (जिफन्ट) को कार्यक्रममा जानुहुने भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लाग्नुभएको हो ।

कार्यक्रम जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ,संरक्षक एवम् ओली प्रधानमन्त्री हुँदा उहाँका राजनीतिक सल्लाहकार बिष्णु रिमाल,उपाध्यक्ष मञ्जु थापा,उपाध्यक्ष रमेश बडाल, डा. पुष्प कंडेललगायतको उपस्थिति रहेको छ ।

कार्यक्रम भर्खरै शुरु भएको तर, ओली भने अझै पुगिनसकेको बताइएको छ ।

टिप्पणीहरू