लीलामणि माओवादी बिदेश बिभागमा नबस्ने

लीलामणि माओवादी बिदेश बिभागमा नबस्ने

पूर्व मुख्यसचिव लीलामणि पौडेलले नेकपा (माओवादी केन्द्र)ले आफूलाई विदेश विभाग सदस्य बनाएकोमा धन्यवाद भन्दै उक्त पद स्वीकार गर्न नसक्ने सँकेत दिएका छन् ।

माओवादीले हालै नेता राम कार्कीको नेतृत्वमा विदेश विभाग गठन गरेको थियो । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विभागमा केहि विवादित नामसमेत समेटिएपछि पौडेलले विभागमा सदस्य रहन अनिच्छा देखाएका हुन् ।

पौडेलले जनआस्थासँग भने-“मलाई यसअघि र अहिले कहिल्यै पनि यो विषयमा सल्लाह लिइएको छैन ।” उनले आफू ३८ वर्षदेखि यता कुनै दलको सदस्य नरहेको पनि जानकारी दिएका छन् ।

कुनै दलको सदस्य नरहेपनि आफ्नो सहानुभूति भने वामपन्थी दलहरुप्रति रहेको पौडेलले प्रष्ट्याए । पौडेल विध्यार्थी कालमा भने अनेरास्ववियुमा सँगठित रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

टिप्पणीहरू