माओवादी जाला त एमालेविरुद्ध मुद्दामा ?

माओवादी जाला त एमालेविरुद्ध मुद्दामा ?

‘सयौँ फूल फुल्न देऊ’ माओले भनेजस्तो र ‘छलफलमा स्वतन्त्रता, काम–कारवाहीमा एकरुपता’ लेनिनले भनेजस्तोलाई कम्युनिष्ट पार्टीको खास चरित्र मानिन्छ । अर्थात्, विचारको विविधताले निर्माण गर्ने सुदृढ नीति, कार्यदिशाबिना कम्युनिष्ट आन्दोलन चल्न सक्दैन भन्ने मान्यता राखिन्छ ।

तर, यो मान्यताबाट आफू च्युत भएको सन्देश दिएको पुराना कार्यकर्ताको गुनासो छ, नेकपा (एमाले) को विधान महाधिवेशनप्रति । महाधिवेशनका एकजना सहभागीले भनेका छन्, ‘मुद्दाका आधारमा समूह बन्दैन भन्ने लाइन आयो । यो भनेको अब हामी कम्युनिष्ट (संगठन आधारित) पार्टी नभएर बुर्जुवा (मास बेस्ड) पार्टी भयौँ भनिएको हो ।’

यही विधान महाधिवेशनले पार्टीको नेतृत्वमा केपी ओलीबाहेक अरुको सम्भावना छैन भन्ने सन्देश दिएको छ । उहाँले जे भन्नुहुन्छ, त्यही नीति, त्यही विचार, त्यही नेतृत्व भन्ने कुरा स्थापित भएको छ ।

उनी भन्छन्, ‘विधान महाधिवेशन भनियो, विचारमा एकमना एकता खोजियो तर विचारमा बहस खोजिएन । स्मरणीय छ कि, माक्र्सवादले पार्टीहरु विपरितहरुको एकत्व हो भन्ने मान्छ । तर, एमालेले विपरितहरुलाई उल्टै ‘विपरित व्यवहार’ गरेको चर्चा छ ।

एमालेले निर्वाचन आयोगद्वारा माओवादीलाई दिइएको गोलाकारभित्रको हँसियाहथौडालाई सूर्यभित्र सजाएर लोगो सार्वजनिक गरेको छ । यसविरुद्ध माओवादी केन्द्र मुद्दामा जाने सम्भावना छ ।

खासमा जनतालाई आफ्नो र माओवादीको पनि चुनाव चिह्न देखाएर एमालेले नेकपाकालीन झझल्को दिन खोजेको आरोप माओवादी केन्द्रका नेताहरुले लगाएका छन् ।

टिप्पणीहरू