महिला मन्त्रालयमा पुरुष नजाने, भोलि बल्ल नाम फाइनल,काँग्रेसमा अझै सकस

महिला मन्त्रालयमा पुरुष नजाने, भोलि बल्ल नाम फाइनल,काँग्रेसमा अझै सकस

नेकपा माओवादी केन्द्रले थप तीन जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम तय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल,महेश्वर गहतराज (अथक) र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

बोधमाया ‘जनयुध्द’ तयारीको क्रममा मारिएका रामवृक्ष यादवकी छोरी हुन् । तत्कालीन संयुक्त जनमोर्चाको केन्द्रीय समितिमा रहेका रामवृक्ष यादवको २०५१ भदौ २ मा धनुषाको सबैलामा हत्या भएको थियो । उनी ‘मास्टर साहेब’ को उपनामले पनि चिनिन्थे ।

सिटौलाले ‘आफूसँग महिला मन्त्रालयको निम्ति उपयुक्त पुरुष पात्र नभएको’बताउँदै मन्त्रालय नफेरिए कसैलाई सरकारमा नपठाउने भन्नुभएको हो ।

मन्त्री तय भए पनि मन्त्रालयको टुंगो भने लागेको छैन । मन्त्रालयको सम्बन्धमा भोलि तय हुने भनिएको छ । मोटामोटी रुपमा शिक्षा वा स्वास्थ्यमध्ये एउटा, भूमिसुधार,युवा खेलकुद,संघीय मामिला र श्रममध्ये एउटा माओवादीले माग्ने बुझिएको छ । भोलि बिहान बस्ने शीर्ष नेताहरुको बैठकबाट मात्रै मन्त्रालयको नाम टुंगो लाग्ने स्रोतले दाबी गरेको छ ।

यता नेपाली काँग्रेसभित्र मन्त्रीको नाम तय गर्ने सम्बन्धमा लफडा भएको छ । नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा पर्ने भनिएका उमाकान्त चौधरीलाई प्रधानमन्त्रीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयतिर अघि सारेपछि कुरो नमिलेको हो ।

प्रधानमन्त्री देउवाको उक्त धारणाबारे जवाफ दिँदै सिटौलाले ‘आफूसँग महिला मन्त्रालयको निम्ति उपयुक्त पुरुष पात्र नभएको’बताउँदै मन्त्रालय नफेरिए कसैलाई सरकारमा नपठाउने भन्नुभएको हो ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा तीन जना मन्त्रीको कोटा मागेपछि दुई वटामा मनाउने र एउटामा जसरी पनि पुष्पा भुसाललाई सेटल गर्ने तयारी छ ।

टिप्पणीहरू