सामरीमा पौडी खेल्ने नानीको सकियो जिन्दगानी

सामरीमा पौडी खेल्ने नानीको सकियो जिन्दगानी

मकवानपुरगढी गाउँपालिका ६ स्थित सामरी खोलामा पौडी खेल्न निस्केकी एक बालिकाको जीवन खोलामै अन्त भएको छ ।

आज असोज २० गते दिउँसो पौडी खेल्न साथीहरुसँग सामरी खोला पुगेकी १३ बर्षीया मिनी बिकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पौडी खेल्ने दहको ढुंगामा अड्केर डुब्न पुग्दा उनको मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू