कोरोनाबाट थप १२ जनाको मृत्यु

कोरोनाबाट थप १२ जनाको मृत्यु

आज मुलुकभर १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ६५ पीसीआर परीक्षणमा ८४९ जना र चार हजार ३ सय एन्टिजेन परीक्षणमा १९४ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १२ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ पुगेको छ । यसबीचमा ८ सय ९१ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १६ हजार १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ९ सय ७५ जना होम र १ हजार २ सय १९ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ३८ जनाको आइसीयु र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ४ सय ६७ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू