तरकारी बजारतिर पनि हेरे हुन्छ नि !

तरकारी बजारतिर पनि हेरे हुन्छ नि !

तरकारी बजारमा दिनहुँ हाट लाग्ने गर्छ । देशभरको तरकारी बजार राति २ बजेदेखि सञ्चालनमा आउँछ । बाहिरी जिल्लाबाट ल्याइएको तरकारी, फलफूल बिक्रीवितरण रातिदेखि नै शुरु हुन्छ ।

बिचौलियाले तरकारी ल्याएर झार्छन् । त्यहाँका व्यापारीले खुद्रा व्यापारीलाई बेच्ने गर्छन् । उपत्यकामा मात्र कतिवटा तरकारी बजार छ, वडामा दर्ता छ/छैन पत्तो छैन ।

कालीमाटीमा देशकै सबैभन्दा ठूलो तरकारी बजार छ । त्यस्तै बल्खु, तीनकुने, भक्तपुरको चारदोबाटो, धुम्बाराहीमा पनि तरकारी बजार केन्द्रित छन् । बिचौलियाले सस्तोमा तरकारी झार्छन् । पछि आधा तरकारी बिग्रेको रहेछ भनेर किसानलाई पैसा तिर्दैनन् । तरकारी व्यापार गर्नेहरूले काठमाडौंमा घर बनाइसकेका छन् ।

यी बजारभित्र व्यापार गर्ने कतिपय स्टलले प्यान नम्बरसम्म लिएका छैनन् । नापतौल विभागले यसको अनुगमनमा खासै चासो दिएको छैन । एक/दुई जनाले पसल दर्ता गरी मासिक भाडा लिएर अरुलाई नै सञ्चालन गर्न दिएका छन् ।

तरकारी बजारमा खुट्टा टेक्ने ठाउँ हुँदैन । सास फेर्नसमेत हम्मे पर्छ । अधिकांशको मुखमा मास्क छैन । मास्क लाएकाले पनि चिउँडो छोप्न मात्र लगाएजस्तो देखिन्छ । जनताले हिजो पैसा तिरेर खाएका थिए भने भोलि पनि पैसा तिरेरै खानुपर्ने हो ।

टिप्पणीहरू