​चुनावको पैसा च्वाप्प

सेनाले लागू गरेको ट्र्याकसुट सबैले निःशुल्क पाउनुपर्ने हो तर गरुड दल गण, डडेल्धुरामा त्यसको एक हजार रुपैयाँ जवानहरुबाट काटिएको छ । प्रतिनिधिसभा चुनावमा खटिएबापत दिनको पाँच सयको दरले सात दिनको ३५ सय भत्ताबाट रकम काटेर जवानहरुको हातमा २५ सय मात्रै थमाइएको हो । सिपाहीले चुनावमा अहोरात्र खटिएर पाउने भत्ता पनि कट्टा गर्न मिल्छ ? त्यो पनि निःशुल्क पाइने लुगा किन्ने नाममा ? आठ सयबाट हजार काट्नु आठ लाख चुना लगाउनु हैन ? जमदार भीमबहादुर र सुवेदार मेजर पूर्ण कार्की ? के छ यसमा भन्नु ?

– पीडित सकलदर्जा

टिप्पणीहरू