​जोर्जाममै जर्नेल

तत्कालीन प्रधानमन्त्री प्रचण्डले जिम्मा दिने भएपछि विकास निर्माण निर्देशकलाई प्रोजेक्ट म्यानेजर तोकिएको कागज रक्षामन्त्री बालकृष्ण खाँणमार्फत इञ्जिनियरिङतर्फका निर्देशकलाई काम सुम्पिइयो । भवन विभागको हाकिमलाई रोड बनाउने जिम्मा दिएजस्तै भयो ।

आर्थिक मामिलामा निकै कमजोर हुनुका साथै पेशागत ज्ञान र जनसम्पर्कको खुबीसमेत नभएका योगेन्द्र खाँण जर्साब जिम्मेवारी पाएको हप्तौंसम्म फास्ट ट्र्याकको लागि सम्बन्धित मन्त्रालयका सचिव, सहसचिवहरुको बैठक गराउन नसकेर हप्तौं अल्मलिए । अन्त्यमा घर बस्ने बेला भएका उद्धव बिष्ट जर्साबको सहयोग लिनुप¥यो । चार वर्षमा निर्माण पूरा गर्ने जिम्मेवारी पाएकोमा झण्डै आठ–नौ महिना बितिसक्दा पनि डिपिआरसम्म हात पार्न सकेका छैनन् ।

खाँणले सरकारबाट प्राप्त झण्डै नौ अर्ब खर्च गरी फाँटवारी कसरी मिलाउनेतिर मात्र ध्यान दिएका छन् । दैनिकजस्तो ठेकेदारहरुलाई भेटेर कमिसनको डिल गर्नुका साथै दलका नेताहरुले सिफारिस गरेका आपूर्तिकर्तासँग दिन कटाउनेभन्दा केही काम गर्न सकेका छैनन् । निजकै कारणले गर्दा हालसम्म सेनाले विकास निर्माणको काममा बनाएको छवि हिलाम्ये हुने अवस्था छ ।

टिप्पणीहरू