​श्रीमतीले दिएको सकस

मनपर्दी अकुत आर्जन गर्न सफल सैनिक सचिव सहायक रथी खड्क मल्ल श्रीमती किरनसँग थरथरी कामेर जे भन्यो त्यही गर्न तयार हुन्छन् । चाहे नियमसंगत होस् वा नहोस् । त्यस्तै घटना गत महिना भएको छ । मल्ल रानीसा’बले एउटा सिपाहीलाई आर्थिक लाभ लिने गरी सजिलो ठाउँमा पोस्टिङ गर्न अधिकृतभन्दा तल्लो दर्जाको सरुवा मिलाउने कार्यालयका अधिकारीहरुलाई धम्की दिइन् । श्रीमानको डर देखाई दबाबमा पारेर सरुवा गराइछाडिन् । १५ दिनभित्र सिपाहीले भनेबमोजिम रकम नदिएपछि सरुवा रद्द गर्न दबाब दिइन् । तर, त्यसरी सरुवा रद्द गर्न मिल्दैन भनेर अधिकृतहरुले नमानेपछि पतिकै सोर्स लगाएर यथास्थानमा फर्काउन सफल भइन् । बिचरा सिपाही जंगी अड्डामा रुँदै हिँडेका छन् ।

टिप्पणीहरू