गुल्मीका १२ मध्ये ११ पालिकामा काँग्रेसको नेतृत्व,देउवा र पौडेल आधाआधा

गुल्मीका १२ मध्ये ११ पालिकामा काँग्रेसको नेतृत्व,देउवा र पौडेल आधाआधा

गुल्मीका ११ पालिकामा हिजो नेपाली काँग्रेसले आफ्नो नेतृत्व छानेको छ । जिल्लामा १२ पालिका छन् । छनौट भएकामध्ये सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समर्थित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थित पक्ष बराबर देखिएको छ ।

सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिकामा भने भोलि मात्रै अधिवेशन हुने बताइएको छ । अधिवेशन भएकामध्ये ६ पालिकाका सभापति देउवा पक्ष र ५ वटामा इतर पक्ष निर्वाचित भएका हुन् । काँग्रेसका स्थानीय नेता रविन्द्र घिमिरेले ११ मध्ये कालिगण्डकी गाउँपालिका र मुसिकोट नगरपालिकामा मतदान भएको जानकारी दिएका छन् ।

दुवै पालिकामा देउवा पक्षीय उम्मेदवारले जितेका छन् । त्यसैगरी जिल्लाका धुर्कोट,मदाने चन्द्रकोट,रुरुमा पनि देउवा समर्थित सभापति निर्वाचित भएका छन् । धुर्कोटमा हरि थापा र मदानेमा महेन्द्र कुँवर निर्विरोध निर्वाचित भएका हुन् । रुरुका देवेन्द्र मल्ल र सत्यवतीका विष्णु भण्डारीले पनि संस्थापन पक्षबाट जितेको बताइन्छ ।

इतर पक्षले जितेका पालिकामा भने इस्मा,मालिका,छत्रकोट र गुल्मी दरबार रहेका छन् । इस्मामा कृष्ण रिजाल,गुल्मी दरबारमा धाचानन्द भुसाल,छत्रकोटमा प्रेम पुन र मालिकामा उपेन्द्र अर्यालले जितेका छन् । गुल्मीमा हाल सभापति भुवन श्रेष्ठ र केन्द्रीय सदस्य चन्द्र भण्डारी  पौडेल पक्षमा खुलेका छन् । देउवा समूहको नेतृत्व वेद मगरलगायतका नेताहरुले गरेका छन् ।

टिप्पणीहरू