पशुबलि रोक्न अपिल,गाईगोरु खान छलफल

पशुबलि रोक्न अपिल,गाईगोरु खान छलफल

दशैंमा पशुबलि रोक्न एउटा समूहले आग्रह गरेको छ । उसले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई अपिलमार्फत उक्त आग्रह गर्ने जनाएको छ ।

उनीहरुले हिन्दू सनातनीहरुले परापूर्वकालदेखि नै जनावरप्रति अगाध प्रेम राख्दै आएको उल्लेख गरेका छन् । त्यहि अगाध प्रेमलाई हेरेर पशुबलि रोक्नुपर्ने उनीहरुको माग हो ।

यता,समानताको अभ्यास नामक संस्थाले दशैंको मुखमा गाईगोरुको मासु खाने संस्कृतिको इतिहास, महत्व र वर्तमानमा हुने रहेको कानुनी अड्चन विषयक छलफल कार्यक्रम गर्ने जनाएको छ । उसले भोलि बागबजारमा छलफल गर्न लागिएको बताएको छ ।

एकातिर मासु नखान एउटा समूहले विगतदेखि आग्रह गर्दै आएको छ । अर्कोतर्फ दशैंको मुखमा समानताको अभ्यासले समाजमा विशृंखलता ल्याउने ढंगले गाई र गोरुको मासु खान पाउनुपर्ने आशयले छलफल चलाउन खोजेकाले हिन्दूहरुको पर्वलाई विवादमा तान्न खोजिएको आशंका गरिएको छ ।

टिप्पणीहरू