चर्चित मुख्यसचिव लीलामणि बने माओवादी नेता

चर्चित मुख्यसचिव लीलामणि बने माओवादी नेता

नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल नेकपा माओवादी केन्द्रको विदेश विभाग सदस्य छानिएका छन् । राम कार्की प्रमुख रहेको उक्त विभागमा पौडेललाई मनोनयन गरिएको हो ।

तर अहिलेसम्म पौडेलले उक्त पद औपचारिक रुपमा स्वीकार गरि सकेका छैनन् । हुन्छ नभनी त्यत्तिको जिम्मेवार पार्टीले त्यत्तिकै नाम राख्यो होला भनेर पत्याउन पनि मिलेन ।

पौडेल केहि समयदेखि गृहजिल्ला गुल्मीका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनमा व्यस्त छन् । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विदेश विभागमा अस्ट्रेलियाबाट फिर्ता बोलाइएकी लक्की शेर्पालाईसमेत राखिएको छ । शेर्पा कुनै समय नेकपा एमालेका तर्फबाट सँविधान सभा सदस्य थिइन् ।

चीनमा राजदूत रहिसकेका डाक्टर महेश मास्के पनि माओवादीको विदेश विभागमा परेका छन् । उक्त विभागमा डेनमार्कको ४ बर्षे कार्यकाल सकेर भर्खरै फर्केका युवनाथ लम्साल पनि रहेका छन् ।

पूर्व मुख्यसचिव पौडेल पनि महेन्द्रबहादुर पाण्डे चीनकालागि राजदूत तोकिनुअगाडि त्यहीँ राजदूत थिए ।

टिप्पणीहरू