कपिलवस्तुमा झाडा पखालाले तीन वटा गाउँ सोत्तर

कपिलवस्तुमा झाडा पखालाले तीन वटा गाउँ सोत्तर

कपिलवस्तुको एउटा गाउँमा झाडा पखालाको महामारी देखिएको छ । त्यहाँको बहादुरगञ्जको वडा नम्बर ७, ८ र ९ का सवा ३ सय जनालाई पखाला लागेको छ भने यो क्रम थपिदो छ ।

पूर्व–पश्चिम राजमार्गको छेवैमा रहेको उक्त गाउँमा पखालाले गाउँले सबै सोत्तर हुने अवस्था उत्पन्न भएपछि विद्यालय र सार्वजनिक थलोलाई अस्थायी उपचार केन्द्र बनाइएको छ ।

स्वास्थ्यकर्मीको चर्को अभाव देखिएको छ । प्रहरी र सशस्त्र प्रहरीले सकेको तयारी थालेको बताइन्छ । अधिकांश स्थानीयले घरमै उपचार गराइरहेका छन् । आज बिहानसम्म ३ सय ३१ जना बिरामी देखिएका छन् । १ सय ५० जनालाई अस्पताल पुर्याइएको छ ।झाडा पखालाले बहादुरगञ्ज, सुखरामपुर,देवानगडिया,विजयनगर क्षेत्र पूरै प्रभावित भएको छ । पानीको कारण त्यस क्षेत्रमा झाडा पखाला फैलिएको आशंका गरिएको छ ।

टिप्पणीहरू