राम्री जंगलमा बाघले बाख्रा खाएको खायै

राम्री जंगलमा बाघले बाख्रा खाएको खायै

पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका १ घोरेटामा बाघले बाख्रा खान थालेपछि कृषक चिन्तित बनेका छन् । घोरेटामा जंगलमा चराउन लगिएका बाख्राहरु दिउँसै खान थालेपछि कृषक चिन्तित बनेका हुन् ।

पछिल्लो तीन महिनामा मात्रै घोरेटाका कृषकहरुका १२ वटा खसी र बाख्रा बाघले खाएको स्थानीय भीमबहादुर हमालले बताउनुभयो । हमालको पनि भदौमा दुई बाख्रा बाघले खाएको हो ।

बाघले सरिता राना,प्रकाश राना, कृपाल राना,मानराज शर्मा लगायतका कृषकहरुको बाख्रा र दशैँका लागि पालिएका खसी बाघले खाएको हो । राम्री सामुदायिक वनमा बाख्रा चराउन लिएको बेला बाघले खाने गरेको स्थानीय बताएका छन् ।

टिप्पणीहरू