​उनी आएपछि अरु अनुपस्थित

चलचित्र विकास बोर्डमा निकिता पौडेलको नियुक्तिसँगै सदस्यले मिटिङ बहिष्कार गर्न थालेका छन् । उत्तम केसी, नरेन्द्र महर्जनलगायतले बोर्ड बैठक बहिष्कार गर्दै आएका छन् । सदस्यको उपस्थिति नभएपछि अध्यक्षले सञ्चार मन्त्रालयका सहसचिव तथा बोर्ड सदस्य युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिव डम्बर पराजुलीलगायतलाई डाकेर बोर्ड बैठक राखेकी हुन् । अध्यक्ष नियुक्त भएयता आधा दर्जन बढी बैठक बसिसकेको छ । उनी त्यहाँ नियुक्त हुँदादेखि नै उत्तम, नरेन्द्रहरूले स्वागत कार्यक्रमसमेत बहिष्कार गरेका थिए ।

यता, गोपीकृष्ण मुभिजले हलमा चलाइएका चलचित्रबापत सेयरसमेत निर्माताहरूलाई नदिने गरेको खबर छ । केही समयअघिसम्म वितरक सुनील मानन्धर गोपीकृष्ण मुभिजले दिनुपर्ने एक करोड रकम नपाएको गुनासो गर्थे । छक्का पञ्जा पहिलो प्रदर्शन गरेबापत गोपीकृष्ण मुभिजले दीपकराज गिरीहरूलाई एक वर्षसम्म भुक्तानी नदिएपछि छक्कापञ्जा दुई गोपीकृष्णलाई दिएका थिएनन् । अन्ततः एक वर्षपछि छक्का पञ्जा एकको रकम भुक्तानी गरेपछि मात्र छक्का पञ्जा दुई दिए । त्यहाँबाट यसरी आर्थिक शोषणमा परेका निर्माताहरूको संख्या दर्जनौं छ । 

शीतलनिवासमै बत्ती बेपत्ता

अनेकन गाईजात्राबीच सर्वाधिक महŒवको पृथ्वी प्रज्ञा पुरस्कार, प्रज्ञा पुरस्कार एवं राष्ट्रिय कविता महोत्सव– २०७४ पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान साढे ११ बजेलाई तय गरिएको कार्यक्रम बत्ती जानाले दुई घण्टा ढिलो गरी साढे एक बजेबाट बल्लतल्ल सुरु भयो । त्यो पनि कार्यक्रम स्थलका झ्यालको पर्दा खोलेर, थोरै उज्यालो पारेर ।

यही कारण डिजिटल ब्यानर देखाउने योजना तुहियो । अर्काेतिर राष्ट्रपति विद्यादेवी भण्डारी र संस्कृति तथा पर्यटनमन्त्री जितेन्द्रदेवको छेउमा, मञ्चमै आसीन कुलपति गंगाप्रसाद उप्रेतीले उपरखुट्टी लगाएर गाईजात्रा देखाइदिए । जहाँ ललितकलाकी कुलपति रागिनी उपाध्याय उपस्थित थिइन् तर सो कार्यक्रमलाई संगीत नाट्य एकेडेमीका कुलपति र उपकुलपतिले भने बहिष्कार नै गरिदिए । अर्काे गाईजात्रा के देखियो भने, ४÷४ वर्षमा प्रदान गरिने पृथ्वी प्रज्ञा पुरस्कार तारानाथ शर्मालाई दिइयो ।

४ लाख राशिको पुरस्कार लिएपछि पुरस्कृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै पृथ्वीनारायण शाहको गुणगान गाए । कार्यक्रममा एक लाख राशिको संस्कृति प्रज्ञा पुरस्कार बीणा शर्मा, नेपाली साहित्य प्रज्ञा धु्रव सापकोटा, विमल निभा, डा. रामवतार यादवलगायतले पाए । त्यस्तै, यस वर्षको कविता महोत्सवमा प्रथम भएका चन्द्र रानोहँछा र दोस्रो भएका सुवास राई ‘क्याप्टेन’ तथा तेस्रो भएका दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ ले पुरस्कार पाए । पुरस्कार थाप्न गएका दीपेन्द्र र उर्मिलाले राष्ट्रपतिको अगाडि सामान्य शिष्टाचारसमेत ननिभाएको देख्न पाइयो ।

टिप्पणीहरू