भवानीले भावना नबुझेपछि…

उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रको हिमाली आयोजनाका कर्मचारीले तलब नपाएको ३ महिना भएको छ  । योभन्दा अगाडि पनि ४ महिनासम्म कष्ट भोगेका तिनले यस्तै आयोजना व्यवस्थापन इकाइ हरिहर भवनका लेखापालले रकमान्तरण नगरेका कारण तलब खुवाउने रकम अभाव भएको हो ।  महासंघ अध्यक्ष भवानी राणा आफैं कृषि उद्यम केन्द्रको पनि अध्यक्ष हुन् । यसपटक आयोजनाले सय जना भर्खरका युवालाई इन्टर्नका रूपमा हिमाली जिल्लामा पठाएको छ । तर, दुई महिनादेखि तलब पाएका छैनन् । जिल्ला छाडेर आउने पैसासमेत छैन । 

टिप्पणीहरू