कोरोनाले लग्यो थप ६ जनाको ज्यान

कोरोनाले लग्यो थप ६ जनाको ज्यान

आज मुलुकभर ९ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ८२ जनामा पीसीआर तथा ४ हजार ४ सय ६० जनामा एन्टिजेन गरी १६ हजार ४२ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट ६ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको छ । यसबीचमा १ हजार १ सय १४ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १६ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ हजार १ सय १७ जना होम र १ हजार १ सय ३१ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय ३५ जनाको आइसीयु र १ सय २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३७ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू