​नखाने पक्राउ

चौधौं अनशन बस्न लाग्नुभएका डा. गोविन्द केसी अस्ति पक्राउ पर्नुभएछ । यसपालि उहाँ सर्वोच्च अदालतविरुद्ध अनशन बस्ने तयारीमा हुनुहुन्थ्यो । तर, अनशन बस्नुअघि नै पक्राउ पर्नुभयो । अनशन बस्न केही चाहिँदैन । उहाँ त प्रहरी खोरमा समेत अनशन बस्दै हुनुहुन्छ । 
उहाँ सरकार प्रमुखविरुद्ध अनशन बस्नुभयो, अख्तियार प्रमुखविरुद्ध अनशन बस्नुभयो ।

यसपालि न्यायालय प्रमुखविरुद्ध अनशन बस्ने तयारी गर्दै हुनुहुन्थ्यो । पक्राउ परिहाल्नुभयो । यसबाट थाहा हुन्छ, नेपालमा अरू जम्मै प्रमुखहरूविरुद्ध अनशन बस्न सकिन्छ, तर न्यायालय प्रमुखविरुद्ध बस्न सकिँदैन । बसे पक्राउ परिहालिन्छ । 

नेपाल सरकारले आजसम्म ‘खाने’ हरू कसैलाई पक्राउ गर्न सक्या छैन । त्यसैले ‘नखाने’ डाक्टरलाई भए पनि पक्राउ गरी पुरुषार्थ पो देखाउन खोजेको हो कि ?

टिप्पणीहरू