सीतालाई न्याय दिलाउन गृहमन्त्रीसङ्ग गुहार

सीतालाई न्याय दिलाउन गृहमन्त्रीसङ्ग गुहार

गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर तिलोत्तमा नगरमा एक महिना पहिले मृत्यु भएकी सीता पौडेलको न्यायका लागि नगर प्रमुख वासुदेव घिमिरेले पहल गरेका छन् ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा काठमाण्डौ आएका घिमिरेले गृहमन्त्रीलाई भेटेर घटनाको निष्पक्ष छानवीननिम्ति प्रहरीलाई सम्झाइदिन आग्रह गरेका हुन् ।

तिलोत्तमाकी पौडेलको शंकास्पद मृत्यु र त्यसले उत्पन्न गरेको जटिल परिस्थितिका वारेमा आफूले मन्त्रीलाई अवगत गराएको घिमिरेले जानकारी दिए ।तिलोत्तमा–५ मणिग्राम घर र सोहि नगरको ८ नम्बर वडा माइत भएकी सीताको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भैरहेका छन् । आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ ।

यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषीउपर कडाभन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको नगर प्रमुख घिमिरेले जानकारी दिए ।

टिप्पणीहरू