​राजधानी नै राजधानी

संघीय प्रणालीअन्तर्गत अस्तित्वमा आएका सात प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा भयंकरै आन्दोलन चर्केको छ । सबै जिल्लालाई राजधानी नै चाहिने । पहिले पहिले जिल्लाका मानिसहरू बाटो चाहियो, खानेपानी चाहियो, खेल मैदान चाहियोजस्ता माग राखेर राजधानी आउने गर्थे । अहिले राजधानी चाहियो भन्नेहरू बढिरहेका छन् । 

यसले गर्दा टेन्सन सरकारलाई परेको छ । कहाँ बनाउने राजधानी ? जहाँ बनाए पनि झगडा । यस्तो अवस्थामा सरकारले एउटा नयाँ ट्रिक ल्याएको छ । प्रदेशको राजधानी कहीं पनि नराख्ने, काठमाडौंमै राख्ने । सातै प्रदेशको राजधानी काठमाडौं । यो त संघीय प्रणालीकै अनौठो प्रयोग हुने भयो । प्रदेश दिने तर राजधानी नदिने । वाह !

काठमाडौंलाई कुनै बेला मन्दिरै मन्दिरको शहर भन्ने गरिन्थ्यो । अहिले यो राजधानी नै राजधानीको शहर बन्ने भयो । राजधानीमा मान्छे साह्रै बढेकाले यहाँको कन्द्रीय राजधानी समेत अरु ठाउँ सार्नुप¥यो भनेर स्थानीयवासीहरू भनिरहेका छन् । भएको राजधानी त अरु ठाउँ सार्नुप¥यो भनिरहेको बेला झन् उल्टो अरु सात वटा राजधानी थप्ने ? 

राजधानी जम्मै काठमाडौंमा तानिन थालेपछि मानिसहरू त्रसित हुन थालेका छन् ( राजधानी काठमाडौं भएपछि तत् तत् प्रदेशको प्रदेशसभा पनि त हुनुप¥यो नि । कहाँ राख्ने प्रदेशसभा ? तर यो चिन्ता लिनुपर्ने विषय होइन । प्रदेशसभा चलाउन मिल्ने ठाउँहरू काठमाडौंमा धेरै छन् । वीरन्द्र सभागृह त प्रतिनिधिसभा नै भयो । एउटा प्रदेशसभा राष्ट्रिय नाचघरमा राख्दा राम्रो होला ।

त्यस्तै, एउटा प्रदेशसभा गुरुकुलको नाटकघरमा राख्दा राम्रै होला । एउटाको प्रदेशसभाचाहिँ शिल्पी नाटकघरमा राख्नु पर्ला । त्यस्तै एउटाको आरोहण नाटकघर, एउटाको मण्डला थियटर र अन्तिमको चाहिँ मंकाः खलःको दबूछेँमा राख्दा बेश होला । यति भएपछि त प्रदेशसभा पनि राम्रै मञ्चन….सरी, सञ्चालन हुन्छ होला नि ! 

टिप्पणीहरू