बन्धक बनाई यौनशोषण गरेको आरोपमा वकिल पक्राउ

बन्धक बनाई यौनशोषण गरेको आरोपमा वकिल पक्राउ

उदयपुरमा दश वर्षदेखि एकल महिलालाई यौनशोषण गरेको आरोपमा प्रहरीले हिजो एक अधिवक्ता (वकिल)लाई पक्राउ गरेको छ । ती वकिल उदयपुर बार एशोसियनको सदस्य रहेका सुमन उर्फ किरण के.सी. हुन् ।

उनीविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुर दिएपछि गिरफ्तार गरिएको प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले बताउनु भयो । प्रहरीले जवर्जस्ती करणीको मुद्दामा अनुसन्धानको लागि आजै म्याद थप गरेको छ ।

पीडित वकिल उदयपुरकै बेलका नगरपालिका ७ रामपुरठोक्सिलाका स्थायी वासिन्दा हुन् । प्रहरीमा दिएको जाहेरीमा पीडित ४० वर्षीया महिलाले मुलुकी अपराध संहिता २०७४ को फौजदारी कसूरअनुसारको अपराधमा सजाय माग दावी गरेकी छन् । उनको स्थायी घर चौदन्डीगढी नगरपालिका ८ रहेको छ ।

पीडित एकल महिलाले जाहेरीमा दश वर्षदेखि बन्धक बनाई जवर्जस्ती करणी गरेको उल्लेख छ । आरोपित वकिल केसीले शुरुमा श्रीमती बनाउने प्रलोभन दिएको बताइन्छ ।

एक छोरा,तीन छोरीसहित चार सन्तानकी आमा पीडित महिला श्रीमान बितेपछि सन्तान पाल्नको लागि वैदेशिक रोजगारीबाट फर्केकी थिइन् । वकिल केसीले यौन शोषणको साथै उनको कमाएको तीन लाख ५० हजार रुपैयाँसमेत खर्च गरेर सकिदिएको बताइन् ।

उनको चार सन्तान रहेका छन् । आरोपित केसीले उनलाई त्रियुगा नगरपालिका १२ तल्लो गाईघाटमा घरभाडा लिएर राखेका थिए । पीडित महिलाका अनुसार पछिल्लो पटक १३ गते वकिल केसीले जवर्जस्ती करणी गरेका थिए ।

पक्राउ परेका वकिल केसी उदयपुर बार एशोसियसनको सदस्य रहेका छन् भने मालपोत कार्यालय उदयपुरमा लेखापढी (लेखन्दास)को काम पनि गर्दै आएका छन् । उनको गिरफ्तारीबारे उदयपुर बारसँग सम्पर्क गर्दा कुनै प्रतिक्रिया जनाउन चाहेन ।

टिप्पणीहरू