सुनिता र पन्चाले बढाए नेविसँघमा दवाव

सुनिता र पन्चाले बढाए नेविसँघमा दवाव

रामकुमारी झाँक्रीले ब्रेक थ्रु गरेको नेपाली विद्यार्थी राजनीति अहिले महिला मैत्री बन्दै गएको छ । पोखरामा सम्पन्न अनेरास्ववियुको १९ औं सम्मेलनले झाँक्रीलाई अध्यक्षमा निर्वाचित गर्नुअघि अखिलमा मात्रै होइन नेपालको समग्र विद्यार्थी आन्दोलनमा महिलाहरुले उक्त उचाइ कायम गर्न सकेका थिएनन् ।

उनीपछि अखिलले तीन महिला अध्यक्ष प्राप्त गरिसकेको छ । नविना लामा निवर्तमान हुनासाथ अहिले सुनिता बरालले अखिलको नेतृत्व सम्हालेकी छन् । बराल अखिलको अध्यक्ष भएको केहि समयपछि नै अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षता पन्चा सिंहको हातमा पुगेको छ ।

तर नेकपा एमालेनिकट अखिलमा तीन महिला अध्यक्ष र नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीमा एक महिला अध्यक्ष हुँदा नेपाली काङग्रेस निकट नेविसँघमा भने अहिलेसम्म महिलाहरु नेतृत्वमा पुग्न सकेका छैनन् ।

“नेताहरुकोमा पुगेर आशिर्वाद लिन पर्ने,आफूले त्यसो गर्न नसक्ने भएकोले महिला सभापति बनाउन शेरबहादुर दाइका कानमा पुग्ने गरी मिडियाले लेखिदिनु पर्ने बताउँछिन् ।”

दवावमा नेविसँघ बिपिन कोइरालाको सभापतित्वमा स्थापित नेविसँघमा विपिनदेखि राजिवसम्म आइपुग्दा १८ जना सभापति बनिसकेपनि अहिलेसम्म महिलाले उक्त ताज पहिरिन सकेका छैनन् । सँघको इतिहासमा निर्वाचित महामन्त्री रहेकी प्रतिमा गौतम अहिले नेविसँघ दवावमा रहेको स्वीकार गर्दछिन् ।

सबै प्रतिष्पर्धी सँगठनमा महिलाहरु अध्यक्ष हुँदा पनि नेविसँघमा यो तहमा महिला नेतृत्वको विकास नहुनु विडम्वनापूर्ण रहेको गौतमको तर्क छ । नेविसँघमा आफूले सभापतिमा दावा गर्दागर्दै सँसदको टिकट पाएकोले पार्टी राजनीतिमा आउने बाध्यता भएपनि आगामी दिनमा आउने बहिनीहरुलाई गौतमले शुभकामना दिइन् ।

हाल नेविसँघमा एक उपाध्यक्ष र महामन्त्रीमा महिला रहेका छन् । उपाध्यक्ष उर्मिला थपलिया र महामन्त्री महेश्वरी कुँवर दुवै जनाले आगामी महाधिवेशनमा सभापतिको लागि खासै चासो देखाएजस्तो छैन । महामन्त्री कुँवर त सभापति हुन नेताहरुकोमा पुगेर आशिर्वाद लिन पर्ने,आफूले त्यसो गर्न नसक्ने भएकोले महिला सभापति बनाउन शेरबहादुर दाइका कानमा पुग्ने गरी मिडियाले लेखिदिनु पर्ने बताउँछिन् ।

उर्मिलाले पनि उमेरका कारण अगाडिको यात्रा तय गर्न अप्ठ्यारो पर्ने देखिन्छ । यसरी हेर्दा नेविसँघमा तत्काल महिला सभापतिको सम्भावना छैन ।

टिप्पणीहरू