गोमनहरुद्वारा आमासरहकी बलात्कृत,फुपुका छोरा मरणासन्न

गोमनहरुद्वारा आमासरहकी बलात्कृत,फुपुका छोरा मरणासन्न

इटहरीमा १८ वर्ष उमेर नपुगेका केटाहरुले इभिनिङ वाकमा हिँडेकी दोब्बर उमेरकी महिलालाई बलात्कार गरेका छन् । साथमा रहेका फुपुको छोरोलाई निर्घात कुटेर उनीहरुले महिलाका सुनका गहना र नगद समेत लुटेका छन् ।

स्थानीय घुर्कीमा ३० वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने र लुटपाट गर्ने छ जनामध्ये चार जनाको उमेर १८ वर्ष पनि पुगेको छैन । एक जना २८ वर्षका पुरुष छन् । फुपुको छोरासँग इभिनिङ वाकमा निस्केकी महिलामाथि उनीहरुले शुक्रबार साँझ करणी र लुटपाट गरेको कुरो बल्ल खुलेको हो । २३ वर्षका पेश चौधरी फरार छन् ।

इटहरी १३ का २८ वर्षीय गोमन भन्ने सुनिल चौधरीको योजनामा संलग्नहरुमा स्थानीय १४ नम्बर वडाका १७ वर्षीय सञ्जीव कार्की, १५ वर्षीय प्रमोसन चौधरी, १५ वर्षीय सञ्जय चौधरी र गढी गाउँपालिका १ का १७ वर्षीय विकल्प चौधरी हुन् । उनीहरुले बलात्कार र लुटपाट गर्न थालेपछि महिलाको फुपुको छोराले स्थानीयसँग हारगुहार गरेका थिए ।

केटाहरुको जंगली व्यवहारबाट महिलाको एउटा दाँत भाँचिएको छ । अनुहार तथा शरिरमा चोट लागेको छ । प्रहरीका अनुसार उनीहरुमाथि म्याद थपेर मुद्दाको प्रक्रिया अघि बढाइएको छ । फरारको खोजी जारी छ ।

टिप्पणीहरू