सबै श्रीमान एकै ठाउँ बसेर सल्लाह

सबै श्रीमान एकै ठाउँ बसेर सल्लाह

मन्त्रिपरिषद् बिस्तारमा न्यायालयले भागबण्डा खोजेको खबर सार्वजनिक भएसँगै न्यायको धरोहर,सर्वोच्च अदालत एकपटक फेरि विवादमा तानिएको छ । यही समयमा आज प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले फुलकोर्टको बैठक डाक्नुभएको छ ।

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने प्रचलन छ । आज बस्न लागेको बैठकले दशैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने, बन्दी प्रत्यक्षीकरण मुध्दाका लागि केही न्यायाधीशलाई जिम्मा दिने लगायतका एजेण्डा रहेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीच अदालतमा हुने गतिविधिबारे छलफल गर्न बैठक बोलाइएको हो।

टिप्पणीहरू