जमिन नछोड्दै यसरी फेरि चिप्लियो जहाज

जमिन नछोड्दै यसरी फेरि चिप्लियो जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको एउटा जहाज रन वे नपुग्दै दुर्घटना भएको छ । आन्तरिक उडानमा संलग्न विमानहरु पार्किङ गरिने ठाउँबाट यात्रु भरेर रन वेतिर जाँदा जहाज केही बेरअघि चिप्लिएर घाँसतिर पुगेको हो ।

रन वेमा निस्कने क्रममा विमानको देब्रेतर्फको चक्का चिप्लिएर विमान असन्तुलित हुँदै घाँसतिर पुगेको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार विमान आफ्नो बाटो छाडेर झण्डै चार फिट पर पुगेको हो ।

आन्तरिक उडानमा जाने विमान हिँड्ने बाटोमा भएको उक्त दुर्घटनापछि विमान निकाल्ने काम भइरहेको छ । आन्तरिक र वाह्य उडान प्रभावित नभएको बताइन्छ ।

श्री एअरलाइन्सको विमान नेपालगञ्जको लागि ७६ जना यात्रु र चालक दलका सदस्यसहित उड्ने तरखरमा थियो । रन वे नपुग्दै भएको दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

टिप्पणीहरू