राष्ट्रिय जनावर काट्दै,४० हजार बुझाउँदै

राष्ट्रिय जनावर काट्दै,४० हजार बुझाउँदै

राष्ट्रिय जनावर गाई काटेको आरोपमा पक्राउ परेका मकवानपुरका ९ जना जनही ४० हजार रुपियाँ तिरेर थुनामुक्त भएका छन् । जिल्ला अदालत मकवानपुरले एकजना बालकलाई अभिभावकको जिम्मा लगाउँदै अन्य ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश कमलराज बिष्टको इजलाशले यस्तो आदेश गरेको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

असोज ३ गते बकैया गाउँपालिका ११ कालिदमार बस्ने ३८ वर्षीय जनकबहादुर लो, ३५ वर्षीय राज लो, ४० वर्षीय रबिन्द्र लो,सीमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रल्हादभक्त न्यासुर,१९ वर्षीय सोमार भोलन,५० वर्षीया सन्चमाया भोलन, १६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीय फूलमाया थिङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।

मुद्दा चलेपछि गाई काटेर खानुपर्छ भन्दै तामाङसम्बद्ध संघसंगठन तथा नेताहरुले बिरोध जनाउँदै आइरहेका थिए ।

टिप्पणीहरू