छिमेककी चेलीको पनि रहश्यमय मरण

छिमेककी चेलीको पनि रहश्यमय मरण

रुपन्देही तिलोत्तमाकी २७ वर्षिया सीता भण्डारीको मृत्यु रहस्यको गर्भमै रहेको बेला छिमेकी जिल्ला कपिलवस्तुकी एक चेलीको पनि रहस्यमय मृत्यु भएको छ । कपिलवस्तुको सिमान्त नगरपालिका कृष्णनगरकी सरस्वती कौशलको मृत्यु थय रहस्यमय बनेको आफन्तहरुले बताए ।

गोविन्द कौशलसँग केहि समय पहिलेमात्र बिहे गरेकी सरस्वतीको गएको बिहिवार मृत्यु भएको थियो । आफन्त र माइती पक्षले हत्या भनिरहँदा घर पक्षले भने आत्महत्या भनेको सरस्वती मृत्यु प्रकरण अहिले इलाका प्रहरी कार्यालय कृष्ण नगरको लागी पेचिलो मुद्धा बनेको छ ।

अहिले माइती पक्षले मृतक सरस्वतीका श्रीमान गोविन्द कौशल , जेठाजु बृजेश र सासू कान्तीविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ । माइती पक्षले सरस्वतीका श्रीमानले आफूहरुसँग मोटरसाइकल मागेको र नपाएको झोँकमा छोरीको हत्या गरेको आरोप लगाएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका इन्चार्ज प्रहरी निरीक्षक सुखदेव पौडेलका अनुसार अहिले मृतकका पति गोविन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

टिप्पणीहरू