प्रहरीहरुलाई उपहार ग्रहण नगर्न कडा उर्दी

प्रहरीहरुलाई उपहार ग्रहण नगर्न कडा उर्दी

चाडपर्वको नाममा विभिन्न संघसंस्था,व्यक्तिले दिएको दान, उपहार लिन नपाइने भन्दै प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिइएको छ । नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यदेश,२०७७ को परिच्छेद ३ को ५.२ मा सेवाग्राहीहरुबाट कुनै पनि किसिमको लाभ लिन नमिल्ने भनेर स्पष्ट उल्लेख छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापट नलिन सम्पूर्ण प्रहरीहरुमा अवगत गराएको छ । विदेश वा स्वदेशबाट उपहार पठाउने अनि उपहार स्वीकार गरेपछि उजुरी गर्ने भएकाले यस्तो कार्य नगर्न सबै प्रहरीमा अनुरोध गरिएको छ । यदि उपहार लिनै परेमा नेपाल सरकारसंग स्वीकृति लिन अनिवार्य गरिएको छ ।

प्रहरी आचारसंहिता वितरीत कसैले दान,उपहार लिएको पाइएमा संलग्न प्रहरी कर्मचारीलगायत निजको सुपरीवेक्षकीय कमाण्डरलाई समेत कडा कारबाही गरिने व्यहोरा उल्लेख छ ।

टिप्पणीहरू