​सैन्य हाकिम सेक्स स्क्याण्डलमा समातिए

‘क्याडबरी खाइरहेकी थिएँ । अंकलले चुप्पा गर्नुभयो । मैले पनि अंकल भनेर म्वाइ खाएँ । पहिला पहिला पनि माया गर्नुहुन्थ्यो । उहाँले नै मेरो हात तल गरेर यहाँ छोऊ भन्नुभयो । डर लाग्यो । नाइँ अंकल भनेँ । तर, केही हुँदैन नानु भनेर सम्झाउनुभयो ।’

एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आएका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को ‘इन्ट्रान्स’ मा छिर्दा आपतमा परेका हुन् । बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आऊ–जाऊ गर्थे । सेनाको करिअरवाला अफिसरले नराम्रो केही गर्लान् भनेर कसैले सोच्ने कुरा पनि भएन । तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगर्ने, गाउँबाट पढ्न आएकी र परिवारसँगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर उनले ‘अंकलले खाने कुरा ल्यादिनुहुन्छ’ मात्र भन्ने गरेकी थिइन् ।

यसचोटि आएको बेला घरका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दृश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराइरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए । परिवारका सदस्यले प्रहरीलाई फोन गरे । प्रहरी पुग्दासम्म उनीहरु बन्द कोठाभित्रै । ढक्ढक्याएको केही समयपछि मात्रै ढोका खोले । प्रहरीले सोध्यो, ‘हामीलाई यहीँबाट आएको इन्फर्मेशनका आधारमा हजुरलाई लिन आएको ।’ प्रभवले जान आनाकानी गरे । आफ्नो परिचय बताए । सैनिक मुख्यालयको अनुमतिबिना लैजान नमिल्ने अडान लिए । तर, प्रहरीले मानेनन् । यसबीच किशोरीलाई परिवारका सदस्यले आफूतिर लगे । अस्वीकार गर्दागर्दै पनि मेजर प्रहरीको गाडीमा चढाइए । प्रहरी कार्यालयमा पुगेपछि भने, ‘त्यस्तो केही होइन । मैले उसलाई पढाईको लागि सपोर्ट गर्ने गरेको छु । काठमाडौं आएको बेला खर्च छोडेपछि कपी, कलमहरु किनिदिएर पढाईको बारेमा सोध्दै थिएँ ।’ प्रहरीले भने, ‘हामीलाई एसईए (सेक्सुअल एक्सप्लोइटेशन एण्ड एब्युज) मा रिपोर्ट आएको छ ।’ उनले ‘इम्पोसिबल’ भन्दै अस्वीकार गरे । तर, एकछिनमै किशोरी त्यहाँ पुगिन् । उनले पनि सीधै केही भनिहाल्न सकिनन् । प्रहरीले सोधे, ‘अंकलले तिमीलाई के–के गर्नुभयो, नडराई भन !’ किशोरीले सुनाइन्, ‘मैले नाइँ भन्दाभन्दै पनि अंकलले केही हुँदैन भनेर विभिन्न ठाउँमा चुप्पा गर्न लगाउनुभयो….!’

प्रहरीले किशोरीको बयान र स्वास्थ्य परीक्षण गरायो । निरन्तर रक्तस्राव भइरहेको रिपोर्ट आयो । महिनावारी पनि शुरु नभएकी किशोरीको त्यस्तो हालत हुनुको एउटै कारण हुन्छ, यौन सम्पर्क । प्रहरीले सेनाको हाकिम समातिएपछि सैनिक प्रहरीलाई खबर गर्नैपर्ने भयो । त्यहाँ पुगेका सैनिक प्रहरीका हाकिमले प्रभवलाई आफूहरुकै हिरासतमा राखिने र सैनिक ऐनअनुसार आवश्यक कानुनी कारवाही गर्ने भनी जिम्मा लिन खोजे । तर, प्रहरीले प्राविधिक समस्या दर्शायो । संवेदनशील घटनामा मानिस पक्राउ गरेपछि न्यायिक निकायमा पेश नगरी छाड्न मिल्दैन । सैप्रका मेजरको दावी थियो, ‘सेना पनि न्यायिक निकाय हो । आफ्नै अदालत छ । सैनिक परिवारका सदस्यलाई कारवाही गर्ने अलग्गै कानुनी अधिकार पनि छ ।’

यसपछि सेनाका थुप्रै उच्चपदस्थ अधिकारी र प्रहरीकै पनि केही उच्चपदस्थ अधिकारीले उनलाई सैप्रको जिम्मा लगाउन दबाब दिए । तर, प्रहरीले मानेन । १४ गते शुक्रबार पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा १६ गते आइतबार जबरजस्ती करणीमा मुद्दा दायर गरेपछि मात्रै सैनिक प्रहरीको जिम्मा लगाइएको छ । सामान्यतया यस्ता घटनामा मुद्धा दायर गरेपछि पक्राउ परेको व्यक्तिलाई पूरै दिन (२४) हिरासतमा राखी अनुसन्धान गर्नुपर्छ । तर, किशोरीको स्वास्थ्य परीक्षणसमेत भइसकेको अवस्थामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्छ । अहिले प्रभवलाई अनुसन्धानका लागि हिरासतमा राख्ने गरी अदालतले ७ दिनको म्याद दिएको छ । तर, उनी प्रहरी खोरमा नभएर सैनिक हिरासतमा छन् ।  

टिप्पणीहरू