मन्त्री नमागेको सर्वोच्चको दावी

मन्त्री नमागेको सर्वोच्चको दावी

सर्वोच्च अदालतलाई समेत सरकारमा भागबण्डा भन्ने आशयका समाचार आएपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गर्दै त्यसलाई प्रष्ट पार्न लागेको छ ।

अहिले ड्राफ्ट भइरहेको बिज्ञप्तीमा राखिने शव्द र आशयमा सर्वोच्चका न्यायाधीशहरु र प्रशासनका अधिकारीहरुवीच छलफल चलिरहेको बताइएको छ ।

प्रधान न्यायाधीशको नाम जोडेर आएका विभिन्न समाचारप्रति अदालतको विशेष ध्यानाकर्षण भएकोले विज्ञप्ती जारी गर्न लागिएको सर्वोच्च प्रशासनले जनआस्थालाई जानकारी दिएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासँग नाम जोडेर विभिन्न व्यक्तिलाई मन्त्री बनाउन लागिएको भन्ने समाचार बाहिर आएका छन् ।

टिप्पणीहरू