एक दर्जन राजदूतले घरकै जमरा लगाउने

एक दर्जन राजदूतले घरकै जमरा लगाउने

निकै महत्वपूर्ण तर शान र सौकतको जिम्मेवारीमा रहेका झण्डै एक दर्जन नेपाली राजदूतलाई यो वर्ष दशैंको मुखमा फिर्ता बोलाएर सरकारले बिदेश बस्ने नेपालीहरुसङ्गको सामिप्यबाट बन्चित गराएको छ । सरकारले असोज पहिलो साता फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरु दशैं मनाउने गरी स्वदेश फर्कन लागेका हुन् । सोमबारसम्म कोही पनि विदेशबाट हिँडेका भने छैनन् ।

फूलपातीको दिनतिर हिँडेर दशमीलाई घर आइपुग्ने रोडम्यापमा रहेको फिर्ता बोलाइएका एक जना राजदूतले बताए । फिर्ता बोलाएको एक महिनाभित्र स्वदेश आइसक्नुपर्ने नियम छ ।

यसबीच अमेरिकाका लागि राजदूत डा.युवराज खतिवडा असोज ९ गते बोस्टनमा आयोजित एक कार्यक्रममा राजदूतको हैसियतले एउटा स्वागत कार्यक्रममा सहभागी भएका छन् । जबकि त्यहि बेला राष्ट्र संघको महासभामा न्यूयोर्क पुगेको परराष्ट्र मन्त्री नारायण खड्का नेतृत्वको नेपाली टोलीमा खतिवडा थिएनन् । सरकारले फिर्ता बोलाइसकेकाले उनको जिम्मेवारी नहुँदा सरकारी प्रतिनिधिमण्डलमा नपरेका हुन् ।

सरकारको पछिल्लो निर्णयले नयाँ ठाउँमा नयाँ राजदूतको हिसाबले पहिलो वर्ष धुमधामका साथ नेपाली समुदायलाई बोलाएर दशैं मनाउन खोजेका राजदूतहरु काठमाडौं आउनुपरेको छ । यसरी आइहाल्नुपर्ने राजदूतहरुमा अमेरिकाका लागि खतिवडा,चीनका लागि महेन्द्रबहादुर पाण्डे,भारतका लागि नीलाम्बर आचार्य र बेलायतका लागि लोकदर्शन रेग्मी छन् ।

त्यसैगरी,ओमानका लागि शर्मिला ढकाल पराजुली,इजरायलका लागि अन्जान शाक्य,जापानका लागि प्रतिभा राणा,मलेशियाका लागि उदयराज पाण्डे,कतारका लागि नारद भारद्वाज पनि यहि मेसोमा नेपाल आउन लाग्दैछन् ।

टिप्पणीहरू