फ्याक्ट्रीमै मजदुरहरुको हानाहान, एक जनाको गयो ज्यान

फ्याक्ट्रीमै मजदुरहरुको हानाहान, एक जनाको गयो ज्यान

प्लाई फ्याक्ट्रीका कामदारहरुले आपसमा कुटाकुट गर्दा एक जनाको ज्यान गएको छ । रुपन्देहीको शुध्दोधन गाउँपालिका-३ बेतानीमा मजदुरहरुको झगडा चर्किंदै जाँदा चक्कु प्रहारबाट एकजनाको ज्यान गएको हो ।

नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने एक भारतीय किशोरलाई नियन्त्रणमा लिएको छ । चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू