सीताकै नाम लिएपछि सक्कि गो’ नि !

‘रामलाई थाहा थियो, सीता पवित्र छिन् भन्ने । तर, जनताले शंका गरेपछि अग्नीपरिक्षा नलिई भएन । कांग्रेसले धोका दियो, मेरै ग्रहदशाले पनि काम गरेन । यदि तपाईंहरु भन्नुहुन्छ भने म केही समयलाई जिम्मेवारीबाट अलग भएर बस्न तयार छु ।’ कमल थापाले यति भनेपछि कसले कुरा काट्ने ? त्यसपछि पछिल्तिर बसेकी रोशन कार्कीले थपिन्, ‘सबै ठाउँमा हाम्रो उम्मेदवार उठाऔँ भन्दा मान्नुभएन । अहिले यस्तो समस्या आइलाग्यो ।’

पार्टीमात्र हैन, नेतृत्वलाई पनि संकटमा पार्ने गरी चुनावी परिणाम आएपछि अब कसरी अगाडि जाने भन्ने छलफल गर्न केही दिनअघि बसेको राप्रपा नेपालको बैठकमा उठेका कुरा हुन् यी । समस्यामाथि समस्या † चुनाव परिणामपछि कसरी अगाडि जाने भनेर छलफल चलिरहँदा निर्वाचन आयोगमा बुझाइएका समानुपातिक सांसदको नामावलीमा पनि लफडा छ । जस्तो कि, १ नं. प्रदेशसभाका लागि समानुपातिक सूचीमा १ नं. की इन्दिरा राई र ६ नं. प्रदेशबाट शशिला शाहीलाई पठाइयो । तर, ३ नं. बाट रुक्मिणी खनगाइँको ठाउँमा दोस्रो बरियताकी रिता माझीलाई पठाइँदा समस्या आएको छ । निर्वाचन आयोगले १४ गतेभित्र नाम सच्याएर पठाउन भनेको थियो । तैपनि नाम सच्चिएर गएन । केन्द्रीय संसदमा भए पनि अर्थ हुन्थ्यो, प्रदेशसभामा परे पर्छ, नपरे देखाजाएगा भनेर हालिएका नाममा कमल थापालाई पनि उति चासो रहेन । फलस्वरुप, निर्वाचन आयोगले सच्याउनु भनी पत्राचार गरेका नामहरु नसच्याएका कारण प्रदेशसभाको एउटा सिट खालि हुने सम्भावना बढेको छ ।

उता, पर्यटन मन्त्रालयअन्तर्गतका ६ नियुक्ति भरिभराउ हँुदैछन् । बालुवा, गिटी भारत निकासीको बाटो फुकाउन उद्योग बाणिज्य मन्त्रीहरु ज्यान फालेर लागिपरेका छन् । अर्थमन्त्रालयका महत्वपूर्ण महाशाखामा हाकिमहरु पनि यसबीच यताउति पारिएका छन् । बैकुण्ठ अर्याल बित्तीय आयोगमा कामु सचिव भएर गएपछि बजेट महाशाखाबाट केवल भण्डारीलाई उनको ठाउँमा लगिएको छ । अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखामा केवल गएपछि बजेटमा निर्मलहरि अधिकारी तोकिएका छन् ।

टिप्पणीहरू