नवकला संगीतले बजारमा ल्यायो बोर्डर सुनौली

नवकला संगीतले बजारमा ल्यायो बोर्डर सुनौली

सन्तोष चुँदारा र संगिता बिसीको आवाजमा बोर्डर सुनौली बजारमा आएको छ । आज नवकला संगीत प्रालिको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । गीतमा लाहुरबाट फर्केका दाइ र उनकी प्रेमिकाको वीचमा भएको भलाकुसारीलाई प्रस्तुत गरिएको छ ।

हजुरबुबालाई लाहुरेको घरमा खसी काटेका छन् भनी झूठ बोलेर दोहोरी खेल्न गएकी प्रेमिका र लाहुरेवीच भएको भलाकुसारीलाई दोहोरीमार्फत प्रस्तुत गरिएको उत्पादक कम्पनी उमंग फिल्मस् नेपालले जनाएको छ ।

गीतमा अञ्जली अधिकारी,अर्जुन कुँवर पितृ बुढो,दिपक कार्की पाल्पाली,विश्वास परियार,सन्तोष चुँदारा,निर्मला हिताङ र मुना विश्वकर्माको अभिनय रहेको छ । सन्तोष चुँदाराकै शब्द तथा संगीत रहेको उक्त गीतमा तिलक ओलीको एरेन्ज,महेश रविक्रम पाण्डेको अडियो सम्पादन, रसुरेश श्रेष्ठको छयाङ्कन रहेको छ ।

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको रेकर्डिङ भने पुनम रेकर्डिङ स्टुडियोमा भएको थियो । गीतको अडियो भिडियो भने नवकला संगीत प्रालिले गरेको हो । गीतमा दृश्य सम्पादन तथा कलर शिव पौडेलको रहेको छ ।

टिप्पणीहरू