माधव र बाबुरामको मुध्दा हेर्दै राणा र सुवेदी

माधव र बाबुरामको मुध्दा हेर्दै राणा र सुवेदी

ललिता निवास जग्गा प्रकरणसम्बन्धी रिट प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आफ्नै बेञ्चमा राखेर अहिले सुनुवाई गर्दै हुनुहुन्छ । अधिवक्ता बालकृष्ण न्यौपानेले ०७६ साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालय समेतलाई विपक्षी बनाउँदै दायर गरेको रिटलाई राणा र नहकुल सुवेदीको संयुक्त इजलाशको पहिलो नम्बरमै राखेर अहिले सुनुवाई भइरहेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री,आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएकोमा कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै १० लाख धरौटी तिरेर विजय गच्छदारले उन्मुक्ति पाइसकेका छन् ।

यो प्रकरणमा भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीदेखि व्यापारी मीनबहादुर गुरूङ लगायत जोडिएका थिए । उनीहरुले उन्मुक्ति पाइसकेका छन् । सो प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई भैरहेको हो ।

यसअघि ०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले अग्राधिकार दिएको थियो । सोही मुद्धाको आज सुनुवाई हुन लागेको हो ।

टिप्पणीहरू