माइतीघरमा अनेक किसिमका नारा

माइतीघरमा अनेक किसिमका नारा

नेपाल राष्ट्र बैंकले हालै ल्याएको शेयर बजारसम्बन्धी नीतिको विरोधमा आज पुँजी बजार संघर्ष समितिले सडक तताउने भएको छ । बिहानै माइतीघरमा भेला भई उनीहरुले नयाँ नीति पुनरावलोकन को माग राख्न लागेका हुन् ।

माइतीघरमा भेला भई कोभिड संक्रमणका कारण आराम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीको नीतिमाथि उनीहरूले साँकेतिक बिरोध जनाउन लागेको बताएका छन् ।

संघर्ष समितिका सहसंयोजक रोहन कार्कीको नेतृत्वमा लगानीकर्ताहरु सडकमा भेला भएर गभर्नर तिम्रो पाराले दु:ख पाए साराले,गैरजिम्मेवार गभर्नर मूर्दावादलगायतका नारा लगाउँदैछन् ।

उनीहरुले बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्ने,बुक बिल्डिङ्ग खारेज गर्नुपर्ने,ब्रोकर कमिसन १० प्रतिशत कायम गर्नुपर्ने,१० कित्ते नीति हटाउन नपाइने,१ सय २० दिनको औसत मूल्य कायम राख्नुपर्ने लगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू